अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै

अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै

काठमाडौं । नेपाल सरकारले साउन १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल भुक्तानी) मार्फत गर्नुपर्ने निर्णय गरेको छ।

असार २७ गते बसेको अर्थमन्त्री तथा उपप्रधानमन्त्रीस्तरीय बैठकले साउन १ गतेदेखि चेक नकटाई सम्पूर्ण भुक्तानीहरू डिजिटल प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यअनुसार सार्वजनिक निकायबाट हुने सम्पूर्ण भुक्तानीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने नीति ल्याइएको हो।