मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १५ असार

​काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका-६ घर भएका ३५ वर्षीयरमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, महालक्ष्मी नगरपालिका-२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

प्युठान, झिमरूक गाउँपालिका-७ घामतारा बस्ने ६२ वर्षीयातेज कुमारी महतरा आफ्नै घर नजिकै सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, भरतपुर महानगरपालिका-१८ बस्ने ७० वर्षीयाचन्द्रदेवी पोख्रेल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-२ सार्दीखोलास्थित सेती नदीको किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।