डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १५ चैत

​रौतहट, माधवनारायण नगरपालिका-६ माधोपुरस्थित कुलोमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ७० वर्षीय शिव मुखिया विनको बिहीबार दिउँसो मृत्यु भएको छ ।

​सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-१ बस्ने प्रकाश मण्डलको छोरा ५ वर्षीय प्रिन्स मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको मनकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

​सर्लाही, हरिवन नगरपालिका-७ साइफनस्थित बागमती नहरमा डुबेर सोही नगरपालिका-११ बस्ने ऐलुन मियाकी छोरी ११ वर्षीया सेरून खातुनको बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)