आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ९ चैत
उदयपुर, रौतामाई गाउँपालिका-३ सल्लेनी बस्ने भक्तसेर राईको घर र रण बहादुर राईको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब २० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरवारीस्थित धरान उपमहानगरपालिका-१६ बस्ने ५३ वर्षीय नारायण राईको निर्माणाधिन कृषि फर्ममा शुक्रबार राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-८ गणेशपुर बस्ने मिश्रि लाल मेहताको गोठमा शुक्रबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
यसैगरी सुनसरी, दुहवी नगरपालिका-१० सिमरिया बस्ने नागेश्वर शर्माको घर र रम्बा शर्माको घरमा शनिबार बिहान आगलागी हुँदा दुवै जनाको घर, घरभित्र रहेका नगद, सुनचाँदी, फर्निचर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुर्खेत, बराहताल गाउँपालिका-४ सिम्लेपानी ताला तरङ्गा बस्ने भोटे कामीको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रसुवा, उत्तरगया गाउँपालिका-५ लहरेपौवा बस्ने होमनाथ भण्डारीको गोठमा शुक्रबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहा, कर्जन्हा नगरपालिका-६ बथान टोल बस्ने ६७वर्षीय घुरन मुखियाको गोठ घरमा शुक्रबार राति आगलागी हुँदा करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२० हरपतगंज बस्ने सुलन महराको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ३लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहट, वृन्दावन नगरपालिका-६ मौवाही टोल बस्ने हैदर अलिको घरमा शुक्रबार साँझ आगलागी हुँदा घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात र भाँडावर्तन जलेर करिब १लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-८ जडै बस्ने ४५ वर्षीयचक्र बहादुर साउद घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, मेचीनगर नगरपालिका-१४ प्रगति टोल बस्ने आनन्द खड्काको गायत्री भेनियर उद्योगमा शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-३ भण्डारी गाउँ बस्ने राज कुमार नेपालीको घरमा शनिबार बिहान आगलागी हुँदा करिब ४ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-८ रेतास्थित दिव्यान्स पोल्ट्री फर्ममा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्