जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत, १ चैत  

१३ वर्षीया बिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिकलाई बिहबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)