आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, फागुन  

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काईभेरमा मंगलबार बिहान आगलागी हुँदा सिट जलेर क्षति भएको छ ।

पाल्पा, रिब्दिकोट गाउँपालिका-७ मैनादीस्थित सडकमा रोक राखेको लु.१ ख ८७३९ नम्बरको ट्रकमा गए राति आगलागी हुँदा ट्रकको वटा टायर सपोर्ट बिम समेत जलक्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)