सालकको खपेटा सहित चार जना पक्राउ

सालकको खपेटा सहित चार जना पक्राउ

काठमाडौं, १२ फागुन

गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बरहवा नगरपालिका- घर भकाठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढीगरपालिका-घर भललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरूङ, ओखलढुंगा मोलुङ गाउँपालिका- घर भई काठमाडौं कागेश्वरी मनोहरा गरपालिका-५ थल बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहानगरपालिका-१५ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाटखटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाएको

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)