धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- thantikhabar
- November 15, 2026
24
SHARES
कैलाली— सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट संरक्षित तथा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित दुई जना प्रहरीको फन्दामा परेका छन्। शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्षेत्रबाट अवैध रूपमा ओसारपसार तथा कारोबार गर्न लागिएको अवस्थामा एक थान चितुवाको छालासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका व्यक्तिहरूको खानतलासी गर्दा उक्त प्रतिबन्धित वन्यजन्तुको छाला बरामद गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीता देवी चौधरी र बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३६ वर्षीय अशोक धामी रहेका छन्।
वन्यजन्तुको अवैध चोरी सिकारी तथा अंगको तस्करी नियन्त्रण अभियानअन्तर्गत प्रहरीले यो सफलता हात पारेको हो। बरामद गरिएको चितुवाको छाला र पक्राउ परेका दुवै जनालाई प्रचलित वन ऐन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu
- विश्वभर छरिएका नेपाली महिलाहरूको ऐतिहासिक महाकुम्भ : काठमाडौँमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ हुँदै
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
-
बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
November 14, 2026

प्रतिकृया दिनुहोस्