टिभी चलाउँदा १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा ४ जना घाइते!

टिभी  चलाउँदा १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा ४ जना घाइते!

बारा, १० असोज — बाराको कोल्हवीमा एउटा सानो असावधानीका कारण दर्दनाक दुर्घटना भएको छ!

कोल्हवी नगरपालिका-३, जुगुवा टोल बस्ने श्याम रामका १० वर्षीय छोरा आकाश राम को घरमै टिभी चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर ज्यान गएको छ।

गम्भीर घाइते भएका बालकलाई तत्कालै प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको भए पनि उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

बालकलाई करेन्ट लागेको देखेपछि बचाउन धाएका उनको ७० वर्षीया हजुरआमा, १२ वर्षीया दिदी र दुईजना छिमेकी गरी थप ४ जना घाइते भएका छन्। हाल उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।