विपद् प्रभावितको राहतमा नागरिक लगानी कोषको साथ, प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख
- thantikhabar
- September 1, 2026
53
SHARES
काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नागरिक लगानी कोषले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी नागरिक लगानी कोषले उक्त रकम उपलब्ध गराएको हो।
सहयोग रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै सरकारी राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको नागरिक लगानी कोषले जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो।
प्राकृतिक विपद्पछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला नागरिक लगानी कोषको यो योगदानले सरकारी राहत अभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्