बुढानीलकण्ठ पाठशालाका प्रधानाध्यापक गोपालबहादुर महत ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित

बुढानीलकण्ठ पाठशालाका प्रधानाध्यापक गोपालबहादुर महत ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित

काठमाडौं। शिक्षाक्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदान तथा गुणस्तरीय, व्यवहारिक र विद्यार्थीकेन्द्रित शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कदरस्वरूप बुढानीलकण्ठ पाठशालाका प्रधानाध्यापक गोपालबहादुर महतमिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित भएका छन्।

मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव तथा ‘मिडिया ठाँटी सम्मान–२०८३’ समारोहका अवसरमा महतलाई शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको हो।

शिक्षाक्षेत्रमा २६ वर्षभन्दा लामो अनुभव रहेका महतले शिक्षणसँगै शैक्षिक नेतृत्व, विद्यार्थीको सर्वाङ्गीण विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

बुढानीलकण्ठ पाठशालाले मन्टेश्वरीदेखि कक्षा १२ सम्म विद्यार्थीलाई गुणस्तरीय, प्रविधिमैत्री तथा संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत विज्ञान, व्यवस्थापन तथा मानविकी संकायको अध्ययन–अध्यापन भइरहेको छ भने आगामी शैक्षिक सत्रदेखि कानुन (Law) संकाय सञ्चालन गर्ने तयारी भइरहेको छ।

प्रधानाध्यापक महतको नेतृत्वमा विद्यालयले विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप, प्रविधिमैत्री शिक्षा, खेलकुद तथा सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।

महतको शैक्षिक यात्राको योगदानको सम्मान गर्दै प्रदान गरिएको ‘मिडिया ठाँटी सम्मान–२०८३’ ले शिक्षाक्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई थप प्रोत्साहन र हौसला प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।