गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उत्कृष्ट शिक्षाको गन्तव्य बन्दै हिलसाइड कलेज अफ इन्जिनियरिङ
काठमाडौं । पछिल्लो समय नेपालमा Engineering तथा Information Technology शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्वदेशमै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गरी दक्ष जनशक्ति बन्न चाहने विद्यार्थीका लागि शिक्षण संस्था, सिकाइको वातावरण, प्रयोगात्मक अभ्यास र भविष्यका अवसर महत्वपूर्ण बन्न थालेका छन् ।
यही आवश्यकता र बदलिँदो समयको मागलाई आत्मसात गर्दै हिलसाइड कलेज अफ इन्जिनियरिङले विद्यार्थीलाई ज्ञानसँगै सीप, अनुसन्धान, प्रयोगात्मक अभ्यास र व्यावसायिक क्षमतासँग जोड्ने शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै आएको छ । कलेजको आधिकारिक वेबसाइटमा पनि अनुसन्धानमा आधारित शिक्षा, नवप्रवर्तन, शैक्षिक उत्कृष्टता र भविष्यका लागि तयार जनशक्ति निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
हिलसाइड कलेज अफ इन्जिनियरिङका Managing Director गोपीकृष्ण न्यौपानेका अनुसार आजको इन्जिनियरिङ शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित हुनु हुँदैन । विद्यार्थीले कक्षामा सिकेको ज्ञानलाई वास्तविक जीवनमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ । उहाँको दृष्टिकोणमा अनुसन्धानमा आधारित शिक्षा र प्रयोगात्मक सिकाइले विद्यार्थीको क्षमतालाई अझ फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
न्यौपानेले लामो समयदेखि इन्जिनियरिङ शिक्षालाई राष्ट्र निर्माणसँग जोडेर हेर्दै आएका छन् । उहाँका अनुसार Civil, Electrical, Computer तथा IT लगायतका क्षेत्रमा दक्ष जनशक्ति देशको पूर्वाधार, प्रविधि र आर्थिक विकासका लागि अत्यन्त आवश्यक हुन्छ । नेपालजस्तो विकासशील मुलुकमा दक्ष प्राविधिक जनशक्तिको उत्पादन र त्यसलाई सही क्षेत्रमा उपयोग गर्न सके देश विकासले थप गति लिन सक्ने उहाँको धारणा छ।
विद्यार्थीलाई पढाइसँगै व्यवहारिक अनुभव र सीप प्रदान गर्नु हिलसाइडको महत्वपूर्ण प्राथमिकता रहेको न्यौपाने बताउँछन् । कलेजले प्रयोगशाला, Project Work, Field Visit तथा वास्तविक जीवनसँग सम्बन्धित अभ्यासमार्फत विद्यार्थीलाई सिकाइको अवसर प्रदान गर्दै आएको छ । कलेजको वेबसाइटमा समेत विद्यार्थीलाई वास्तविक परिस्थितिमा ज्ञान प्रयोग गर्न सक्ने अवसर सिर्जना गर्ने Research-based Education लाई आफ्नो आधारका रूपमा प्रस्तुत गरिएको छ।
न्यौपानेको नेतृत्वमा हिलसाइडले ‘डिग्रीसँगै दक्षता’ भन्ने भावनालाई अघि बढाउँदै विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेको देखिन्छ । उहाँको सोचमा विद्यार्थीले विश्वविद्यालयको प्रमाणपत्र मात्र हासिल गर्ने होइन, अध्ययन पूरा गरेपछि आफूले सिकेको ज्ञानलाई रोजगारी, उद्यमशीलता, अनुसन्धान र समाज निर्माणमा प्रयोग गर्न सक्ने क्षमतासमेत विकास गर्नुपर्छ ।
प्रविधिको तीव्र विकाससँगै Computer Engineering तथा IT क्षेत्रको सम्भावना अझ फराकिलो बन्दै गएको छ । Artificial Intelligence, Cyber Security, Data Science, Networking, Software Development लगायतका क्षेत्रमा विश्वव्यापी अवसर सिर्जना भइरहेका बेला विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै भविष्यको बजारअनुकूल सीप विकास गराउनु आवश्यक रहेको न्यौपानेको दृष्टिकोण छ ।
यसैअनुसार हिलसाइडमा BE Computer, BE Civil, BE Electrical तथा Bachelor in Information Technology (BIT)लगायतका कार्यक्रम सञ्चालनमा छन् । कलेजले आफ्नो पाठ्यक्रमलाई विश्वव्यापी प्राविधिक विकास र उद्योगको आवश्यकतासँग जोड्ने प्रयास गरिरहेको जनाएको छ।
हिलसाइडको सकारात्मक पक्षका रूपमा Industry Exposure तथा Global Collaboration लाई पनि लिन सकिन्छ । कलेजले विद्यार्थीको सिकाइलाई कक्षाकोठाभन्दा बाहिर लैजाने उद्देश्यले विश्वविद्यालय तथा उद्योगसँगको सहकार्य र विभिन्न व्यावहारिक गतिविधिलाई अघि बढाएको जनाएको छ।
पछिल्लो समय IT क्षेत्रमा विद्यार्थीलाई थप व्यावहारिक अवसरसँग जोड्ने प्रयाससमेत भएका छन् । Purbanchal University र Resecurity बीच भएको सहकार्यबाट IT तथा Computer Engineering का विद्यार्थीलाई Cybersecurity क्षेत्रमा paid internship को अवसर सिर्जना भएको थियो । उक्त कार्यक्रममा हिलसाइडका Managing Director गोपीकृष्ण न्यौपानेको समेत उपस्थिति रहेको थियो।
न्यौपानेका लागि विद्यार्थी केवल कलेजका ‘Student’ मात्र नभई भोलिको दक्ष जनशक्ति, पेशागत व्यक्ति र राष्ट्र निर्माणका सम्भावित नेतृत्वकर्ता हुन् । त्यसैले विद्यार्थीको क्षमता पहिचान गर्दै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील र व्यावहारिक रूपमा सक्षम बनाउनु शैक्षिक संस्थाको महत्वपूर्ण जिम्मेवारी भएको उहाँको सोच देखिन्छ ।
उहाँले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका क्रममा आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्य पहिचान गर्न पनि प्रेरित गर्दै आएका छन् । Engineering तथा IT जस्ता प्राविधिक विषय रोज्ने विद्यार्थीले नियमित अध्ययनसँगै नयाँ कुरा सिक्ने, प्रयोग गर्ने, अनुसन्धान गर्ने र आफ्नो सीपलाई निरन्तर अपडेट गर्ने बानी विकास गर्नुपर्ने उहाँको धारणा छ ।
‘विद्यार्थीको सपना ठूलो हुनुपर्छ, तर त्यो सपना पूरा गर्न आवश्यक ज्ञान र सीप हासिल गर्ने मेहनत पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ’ भन्ने सकारात्मक सन्देशसहित हिलसाइडले विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित शैक्षिक वातावरणलाई अघि बढाइरहेको छ ।
यसरी हेर्दा हिलसाइड कलेज अफ इन्जिनियरिङ केवल डिग्री प्रदान गर्ने संस्था नभई विद्यार्थीको ज्ञानलाई सीपमा, सीपलाई क्षमतामा र क्षमतालाई भविष्यको सम्भावनामा रूपान्तरण गर्ने प्रयासमा केन्द्रित शैक्षिक गन्तव्यका रूपमा अघि बढिरहेको छ । कलेजको मूल सन्देश पनि यही छ—Learn. Grow. Succeed.
Admission तथा Scholarship
हिलसाइड कलेज अफ इन्जिनियरिङमा BE Computer, BE Civil, BE Electrical तथा BIT लगायतका कार्यक्रम अध्ययन गर्न सकिने कलेजले जनाएको छ । विद्यार्थी तथा अभिभावकले प्रवेश, छात्रवृत्ति र कार्यक्रमसम्बन्धी थप जानकारी कलेजसँग प्रत्यक्ष सम्पर्क गरेर लिन सक्नेछन्।
📍 Hillside College of Engineering, बालकुमारी, कोटेश्वर, काठमाडौं
📞 01-5147207 / 01-5147010
🌐 www.hillside.edu.np



प्रतिकृया दिनुहोस्