नेपालगंजमा जुवातासको अखडा पर्दाफास — नगदसहित ६ जना पक्राउ

नेपालगंजमा जुवातासको अखडा पर्दाफास — नगदसहित ६ जना पक्राउ

बाँके, नेपालगंजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा ६ जना रंगेहात पक्राउ परेका छन्।

नेपालगंज उपमहानगरपालिका–१९ सुर्जिगाउँस्थित रोशन सुनारको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका–१ का ३४ वर्षीय बिरेन्द्र बुढा क्षेत्री समेत रहेका छन्।

प्रहरीका अनुसार, घटनास्थलबाट नगद ६२ हजार ९ सय २० रुपैयाँ२ बुक तास बरामद गरिएको छ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको टोलीले बिहीबार राति छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

हाल यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।