‘आइसल्याण्ड पठाइदिन्छु’ भन्दै ३५ लाख ठगी — युवक पक्राउ!

‘आइसल्याण्ड पठाइदिन्छु’ भन्दै ३५ लाख ठगी — युवक पक्राउ!

काठमाडौं, १३ चैत || विदेश पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले फेरि ठूलो सफलता हात पारेको छ। “आकर्षक तलबमा आइसल्याण्ड पठाइदिन्छु” भन्दै लाखौँ रकम असुल्ने एक युवक पक्राउ परेका छन्।


३५ लाखभन्दा बढी ठगी

प्रहरीका अनुसार २८ वर्षीय मनोज दाहालले एक पीडितलाई आइसल्याण्ड पठाइदिने प्रलोभन देखाउँदै ३५ लाख ५० हजार रुपैयाँ असुलेका थिए।
रकम लिएपछि उनी सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका थिए।


टेकुबाट खटिएको टोलीको अपरेशन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं–२६ बाट उनलाई पक्राउ गरेको हो।


वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो

पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना बढ्दै गएको भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।