सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्राईभेट लिमिटेड को प्रथम साधारण सभा सम्पन्न, दिगो लगानी रणनीतिमा स्पष्ट मार्गचित्र

सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्राईभेट लिमिटेड को प्रथम साधारण सभा सम्पन्न, दिगो लगानी रणनीतिमा स्पष्ट मार्गचित्र

काठमाण्डौँ – फागुन १ || सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्राईभेट लिमिटेड को प्रथम वार्षिक साधारण सभा भव्य, गरिमामय तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कम्पनीले स्थापना भएको पहिलो वर्षमै उल्लेखनीय वित्तीय सफलता हासिल गर्दै मुनाफा आर्जन गर्न सफल भएको घोषणा सभामा गरिएको थियो, जसले लगानी क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको छ।

सभामा कम्पनीका प्रबन्ध निर्देशक विष्णु प्रसाद ढकाल ले छोटो समयमै प्राप्त उपलब्धिलाई व्यवस्थापनको दूरदर्शिता, सक्षम टोलीको प्रतिबद्धता तथा लगानीकर्ताहरूको अटुट विश्वासको प्रतिफलका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार कम्पनीले आगामी दिनहरूमा उद्योग, पर्यटन तथा सेवा क्षेत्रमा रणनीतिक रूपमा लगानी विस्तार गर्ने स्पष्ट कार्ययोजना अघि सारेको छ, जसले दीर्घकालीन स्थायित्व र उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी, कम्पनीका अध्यक्ष केशव बोहरा ले पारदर्शिता, सुशासन र दिगोपनलाई केन्द्रमा राखेर लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा अझ सशक्त संरचना, प्रविधिमैत्री व्यवस्थापन र उत्तरदायी लगानी नीतिमार्फत लगानीकर्तालाई सम्मानजनक प्रतिफल प्रदान गर्ने दृढ विश्वास व्यक्त गर्नुभयो।

प्रथम वर्षमै नाफा कमाउन सफल हुनु केवल वित्तीय उपलब्धि मात्र नभई संस्थागत विश्वसनीयताको प्रमाणका रूपमा लिइएको छ। लगानीमैत्री वातावरण निर्माण, दीर्घकालीन रणनीति तथा परिणाममुखी नेतृत्वका कारण कम्पनीले छोटो अवधिमै आफूलाई एक सम्भावनायुक्त र भरोसायोग्य लगानी संस्थाको रूपमा स्थापित गर्न सफल भएको विश्लेषकहरूको भनाइ छ।

सिग्मा प्राईमको यो उपलब्धिले निजी क्षेत्रको लगानी क्षमतामा थप उत्साह थप्नुका साथै आर्थिक समृद्धितर्फ सकारात्मक संकेत गरेको छ।