युवा उद्यमी राज कार्कीको स्पष्ट सन्देश: बालेन साह र रवि लामिछानेसँग भाषण होइन, कार्यान्वयनको अपेक्षा

युवा उद्यमी राज कार्कीको स्पष्ट सन्देश: बालेन साह र रवि लामिछानेसँग भाषण होइन, कार्यान्वयनको अपेक्षा

काठमाडौँ — उद्यमी राज कार्कीले काठमाडौँ महानगर प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेप्रति आफ्ना अपेक्षाहरू सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्यमीको दृष्टिकोणबाट राज्य नेतृत्वलाई स्पष्ट सन्देश दिएका हुन्।

राज कार्कीका अनुसार, उद्यमीलाई आकर्षक भाषणभन्दा व्यावहारिक नीति र काम गर्न अनुकूल वातावरण आवश्यक छ।

महानगर प्रमुख बालेन साहप्रति अपेक्षा व्यक्त गर्दै उनले शहरभित्र साना तथा मझौला उद्यमलाई सहज अनुमति, अनावश्यक कर हटाउने साहस, र काम गर्ने मानिसलाई सम्मान गर्ने प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, रवि लामिछानेप्रति उनले कानुन र नीति निर्माण कागजमा सीमित नराखी भुइँतलाको यथार्थ बुझेर बनाउनुपर्ने बताएका छन्। युवा उद्यमीलाई अपराधीको दृष्टिले होइन, देश निर्माणका साझेदारको रूपमा हेर्ने सोच विकास गर्नुपर्ने उनको भनाइ छ।

राज कार्कीले स्पष्ट शब्दमा भनेका छन्—

“हामी उद्यमीलाई दया होइन, न्याय चाहिन्छ।
सब्सिडी होइन, समान अवसर चाहिन्छ।
घोषणा होइन, कार्यान्वयन चाहिन्छ।”

उनले देशबाट विदेशिने युवाको लर्को घटाउन देशभित्रै पसिना बगाएर काम गर्न सकिने वातावरण बनाउन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्।

उनको निष्कर्ष स्पष्ट छ—
“यही मेरो अपेक्षा हो, बालेन साह र रवि लामिछाने दुवैबाट।”


Facebook Post Of Raj Karki :
बालेन साह र रवि लामिछानेबाट मेरो अपेक्षा (उद्यमीको नजरबाट)
उद्यमीलाई भाषण होइन, नीति र वातावरण चाहिन्छ।
बालेन साहबाट मेरो अपेक्षा—
शहरभित्र साना–मझौला उद्यमलाई सहज अनुमति, अनावश्यक कर हटाउने साहस,
र “काम गर्नेहरूलाई सम्मान” गर्ने प्रणाली हो।
रवि लामिछानेबाट मेरो अपेक्षा—
कानुन र नीति बनाउँदा कागजमा होइन, भुइँतलाको यथार्थ देख्ने दृष्टि,
युवा उद्यमीलाई अपराधी होइन, देश बनाउने साझेदार ठान्ने सोच हो।
हामी उद्यमीलाई दया होइन, न्याय चाहिन्छ।
सब्सिडी होइन, समान अवसर चाहिन्छ।
घोषणा होइन, कार्यान्वयन चाहिन्छ।
देश विदेश जाने लाइन घटाउन
यहाँ पसिना बगाउने वातावरण बनोस्—
यही मेरो अपेक्षा हो
बालेन र रवि दुवैबाट।