यस्तो छ आजको मौसम पूर्वानुमान: देशभर आंशिक बदली, केही हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
- thantikhabar
- October 27, 2025
332
SHARES
काठमाडौँ,१० कार्तिक – जल तथा मौसम विज्ञान विभागले आज देशभर मौसम सामान्यतया सफा रहने बताएको छ। विभागका अनुसार हाल कुनै ठूलो मौसम प्रणालीको प्रभाव छैन।
आज कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने सम्भावना छ।
उच्च पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको संकेत
आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। विशेषगरी राती बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा बदली रहने छ। तराई भू-भागमा सामान्यतया आंशिक बदली रहने विभागले जनाएको छ।
भोलि मौसम कस्तो रहने?
जल तथा मौसम विज्ञान विभागले भोलि कार्तिक ११ गते (मंगलबार) गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा पनि हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
देशभर मौसम अनुकूल भए पनि उच्च पहाडी तथा हिमाली भू-भागमा यात्रा गर्नेहरूले सचेत रहनु पर्ने विभागको चेतावनी छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्