कोशी, गण्डकी र कर्णालीका उच्च भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णालीका उच्च भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय तथा प्रदेशगत मौसम पूर्वानुमान अनुसार २०८२ माघ २६ गते (सोमवार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि तराईका थोरै स्थानहरूमा हुस्सु देखिन सक्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र तराई क्षेत्रमा हुस्सु रहने सम्भावना रहेकोले चिसो तथा कम दृश्यताको असर पर्न सक्ने देखिन्छ।