राति तराईमा हुस्सु रहने, पहाडी–हिमाली क्षेत्र सफा।
मौसम समाचार – २०८२ माघ ०७ गते, बुधवार
राष्ट्रिय पूर्वानुमान
-
दिउँसो: तराईका केही स्थानमा हुस्सु/कुहिरो रहला। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम मुख्यतया सफा।
-
राती: तराईका केही स्थानमा हुस्सु। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा।
प्रदेशिक मौसम पूर्वानुमान
आज देशभरि मौसम सामान्यतया सफा र खुला रहने छ। कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी क्षेत्र मुख्यतया सफा रहने अनुमान गरिएको छ। तराईमा बिहान कुहिरो लाग्ने सम्भावना छ भने राति हुस्सु लाग्नेछ।
मधेश प्रदेशमा पनि तराईमा बिहान कुहिरो र राति हुस्सु लाग्ने छ। बागमती प्रदेशमा हिमाली तथा पहाडी क्षेत्र सफा रहनेछ भने तराईमा बिहान हुस्सु पर्नेछ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, पहाडी क्षेत्र सफा रहनेछ भने तराईमा बिहान हुस्सु रहने संभावना छ। लुम्बिनी प्रदेशको हिमाली र पहाडी क्षेत्र सफा रहनेछ, तराईमा बिहान हुस्सु लाग्ने छ।
कर्णाली प्रदेशमा हिमाली र पहाडी क्षेत्र पूर्ण रूपमा सफा रहनेछ। सुदूरपश्चिम प्रदेशमा पनि हिमाली र पहाडी क्षेत्र सफा रहनेछ भने तराईमा बिहान हुस्सु देखिने छ।
देशभरि बिहानको समय केही क्षेत्रहरूमा कुहिरो र हुस्सु लाग्न सक्ने भएकाले सवारी साधन चालक तथा पैदल यात्रुहरूले सावधानी अपनाउनुपर्ने मौसम विभागले जनाएको छ।



प्रतिकृया दिनुहोस्