बिहानीपख कुहिरो, राति हुस्सु— तराईमा सतर्कता आवश्यक
मौसम समाचार | २०८२ माघ ०६ गते (मंगलबार)
राष्ट्रिय पूर्वानुमान
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि तराईका केही स्थानहरूमा हुस्सु लागिरहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान अनुसार तराई क्षेत्रमा बिहान र बेलुकाको समयमा यातायात तथा दैनिक जनजीवनमा सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रदेशगत मौसम पूर्वानुमान
कोशी प्रदेश
-
दिउँसो:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा बिहानीपख कुहिरोको सम्भावना। -
राति:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना।
मधेश प्रदेश
-
दिउँसो:
तराई क्षेत्रमा बिहानीपख कुहिरोको सम्भावना। -
राति:
तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना।
बागमती प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा बिहानीपख कुहिरोको सम्भावना। -
राति:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना।
गण्डकी प्रदेश
-
दिउँसो:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा बिहानीपख कुहिरोको सम्भावना। -
राति:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना।
लुम्बिनी प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा बिहानीपख कुहिरोको सम्भावना। -
राति:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना।
कर्णाली प्रदेश
-
दिउँसो:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा। -
राति:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा।
सुदूरपश्चिम प्रदेश
-
दिउँसो:
हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा बिहानीपख कुहिरोको सम्भावना। -
राति:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना।

प्रतिकृया दिनुहोस्