उच्च पहाडमा हिमपातको सम्भावना, तराईमा कुहिरो—माघ ४ गतेको देशभरको मौसम यस्तो छ

उच्च पहाडमा हिमपातको सम्भावना, तराईमा कुहिरो—माघ ४ गतेको देशभरको मौसम यस्तो छ

काठमाडौं। आज २०८२ माघ ०४ गते (आइतबार) देशका विभिन्न भू–भागमा मौसमको प्रभाव फरक–फरक देखिने भएको छ। राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा हुस्सु र कुहिरो, भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


राष्ट्रिय मौसम पूर्वानुमान
दिउँसो

  • तराईका केही स्थानमा हुस्सु/कुहिरो

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली

  • कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना

  • बाँकी भू–भागमा मौसम मुख्यतया सफा

राति

  • तराईका केही स्थानमा हुस्सु कायम

  • गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली

  • कर्णाली र गण्डकीका उच्च भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना


प्रदेशगत मौसम पूर्वानुमान (VIP अपडेट)

कोशी प्रदेश –

  • हिमाली र पहाडी क्षेत्र: मौसम सफा

  • तराई क्षेत्र: बिहानीपख कुहिरो

मधेश प्रदेश –

  • तराई क्षेत्र: बिहानीपख कुहिरोको प्रभाव (दिउँसो र राति दुवै)

बागमती प्रदेश –

  • हिमाली र पहाडी क्षेत्र: मुख्यतया सफा

  • तराई क्षेत्र: बिहानीपख कुहिरो

गण्डकी प्रदेश –

  • हिमाली/पहाडी क्षेत्र: आंशिक बदली

  • राति: उच्च हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

  • तराई: बिहानीपख कुहिरो

लुम्बिनी प्रदेश –

  • हिमाली र पहाडी क्षेत्र: आंशिक बदली

  • तराई: आंशिक बदलीसँगै बिहानीपख कुहिरो

कर्णाली प्रदेश –

  • हिमाली क्षेत्र: आंशिक बदली, एक–दुई स्थानमा हल्का वर्षा/हिमपात

  • पहाडी क्षेत्र: आंशिक बदली

सुदूरपश्चिम प्रदेश –

  • हिमाली क्षेत्र: आंशिक बदलीसहित हल्का वर्षा/हिमपातको सम्भावना

  • पहाडी क्षेत्र: आंशिक बदली

  • तराई: बिहानीपख कुहिरो


सावधानी सूचना –

  • तराईमा कुहिरोका कारण सवारी आवागमन प्रभावित हुन सक्छ

  • हिमाली क्षेत्रमा चिसो, हिमपात र फिसलन प्रति सतर्क रहन अनुरोध