आजको मौसम : तराईमा हुस्सु, पहाड–हिमालमा मुख्यतया सफा

आजको मौसम : तराईमा हुस्सु, पहाड–हिमालमा मुख्यतया सफा

२०८२ माघ ०१ गते (बिहीबार)
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्यान्हसम्म रहने सम्भावना छ। बाँकी तराईका धेरै स्थानमा लागेको हुस्सु/कुहिरो भने मध्यान्हपछि पनि कायमै रहन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भू–भागका केही स्थानमा हुस्सु देखिन सक्नेछ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।