नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र रास्वपा कावा सभापति अर्यालबीच भेट

नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र रास्वपा कावा सभापति अर्यालबीच भेट

काठमाडौं ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निकी)को एक प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा) का कार्यवाहक सभापति तथा सांसद डोल प्रसाद (डीपी) अर्यार्लसँग शुक्रबार शिष्टाचार भेटघाट गरेको छ । रास्वपाको पार्र्टी कार्यालयमा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसी तथा कार्यसमिति सदस्य उत्तम भ्लोन सहतिको टोलिले अर्यालसँग भेट गरेको हो ।

उक्त अवसरमा रास्वपा तथा नेपाल–भारत उद्योग वाणिज्य संघबिच नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष सुनील केसीले यस संघले नेपाल र भारत वीचको दुईपक्षीय सेतुको भूमिका र नेपाल–भारत आर्थिक सहकार्य प्रवद्र्धनका गतिविधिहरू प्रस्तुत गर्नु भएको थियो ।उहाँले यस संघको प्राथमिक उद्देश्य नेपालमा लगानीको अभाव पूर्ति गर्न विदेशी लगानी विशेष गरी भारतबाट आकर्षित गर्ने रहेको बताउनु भयो ।

साथै, नेपालमा विदेशी लगानी आकर्षित गर्न तथा लगानीको सुरक्षाका लागि नीतिगत संरचनामा समस्या रहेको उल्लेख गर्दै प्रमुख नीतिगत सुधार आवश्यक रहेकोमा पनि अध्यक्षले केसीले जोडदिनुभयो । मुख्यरूपमा बौद्धिक सम्पत्ति अधिकार, केहि निश्चित क्षेत्रमा नाफा फिर्ता (Profit Repatriation), दक्षिण एसियाली क्षेत्रमै उच्च रहेको ३९ प्रतिशत सम्मको आयकर, तथा व्यवस्थापन शुल्कसम्बन्धी नीतिहरूमा सुधार आवश्यक रहेको बताउनु भयो ।

कार्यसमिति सदस्य एवं स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका उपाध्यक्ष समेत रहनुभएका उत्तम भ्लोन लामाले उक्त अवसरमा नेपालका ऊर्जा नीतिहरू र ऊर्जा व्यापारका अवरोधहरूबारे प्रकाश पार्नु भएको थियो ।उहाँले निजी क्षेत्रलाई नीतिनिर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकतामा विशेष जोडदिनुभयो साथै ऊर्जा लगानी र व्यापारका लागि अनुकूल वातावरण सिर्जना गर्नु पर्ने पनि बताउनु भयो ।

 

यसै क्रममा, राष्ट्रिय स्वतन्त्र पार्र्टीका कर्यवाहक सभापति अर्यालले नेपालमा मानव स्रोत, अवसर र विकासका लागि पर्याप्त सम्भावना रहेको बताउनु भयो । उहाँले सुशासन र भ्रष्टाचारमुक्त व्यवस्था अनिवार्य रहेकोमा जोड दिँदै, लगानीमैत्री वातावरण निर्माणका लागि सुधार आवश्यक रहेको पनि बताउनु भयो । साथै, निजी क्षेत्रको नीतिनिर्माण प्रक्रियामा संलग्नता आवश्यक रहेकोमा बल दिदै निजी क्षेत्रको सुरक्षा र कानूनी संरक्षणका लागि उचित नीति निर्माणमा आफनो पार्टी प्रतिबद्ध रहेको बताउनु भयो । बैठक सकारात्मक वातावरणमा सम्पन्न भयो, जसमा दुवै पक्षले नेपालका आर्थिक मुद्दाहरू सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।