मलेसियामा सम्पर्कविहीन भएका गोरखाका राजेन्द्र रेग्मीको खोजीका लागि नेपाली राजदूतावासको अपिल!

मलेसियामा सम्पर्कविहीन भएका गोरखाका राजेन्द्र रेग्मीको खोजीका लागि नेपाली राजदूतावासको अपिल!

📍 क्वालालम्पुर, मलेसिया | अक्टोबर १६, २०२५

मलेसियामा वैदेशिक रोजगारीको शिलशिलामा पुगेका गोरखा जिल्ला, गोरखा नगरपालिका–२ निवासी राजेन्द्र रेग्मी २०८२ साल असोज १२ गते (अर्थात् २०२५ सेप्टेम्बर २८) देखि परिवारसँग सम्पर्कविहीन भएका छन्।

नेपाली राजदूतावास, मलेसिया मार्फत प्राप्त जानकारी अनुसार, विगत पाँच वर्षअघि मलेसिया पुगेका रेग्मी २०८२ साल असोज १२ गते देखि हालसम्म परिवारसँग कुनै सम्पर्कमा नरहेको हुँदा परिवार अत्यन्त चिन्तित रहेको जनाएको छ।

राजदूतावासले रेग्मीको अवस्थाबारे जानकारी हुने जो–कसैलाई तत्काल सम्पर्क गर्न विशेष अनुरोध गरेको छ।

👉 यदि कसैले उहाँलाई देख्नुभएको, भेट्नुभएको वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएको छ भने निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिन्छः

📞 नेपाली राजदूतावास, क्वालालम्पुर – हटलाइन नम्बर: +60 16 247 2777

सहयोग गरौं, एक नेपाली परिवारलाई आशा दिनुहोस्।