प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण
- thantikhabar
- April 16, 2025
160.9K
SHARES
काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमको लागि सहतीय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर सो विभागका माधव सापकोटासहितको टोलीले यस कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो ।
प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो । उहाँले यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने पनि जनाउनुुभयो ।
सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।
✍🏻✍🏻📸 📸 प्रधानमन्त्रीको सचिवालय
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्