इन-स्पान सेन्टर अफ एक्सिलेन्सद्वारा पहिलो बोर्ड बैठक सम्पन्न, नौ सदस्यीय कार्यकारी बोर्ड औपचारिक रूपमा गठन
काठमाडौं, नेपाल, ९ जुलाई २०२६ – इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिपनेटवर्क (IN-SPAN) सेन्टर अफ एक्सिलेन्स ले ९ जुलाई २०२६ मा आफ्नोपहिलो बोर्ड बैठक सम्पन्न गर्दै तदर्थ समितिलाई औपचारिक रूपमा कार्यकारीबोर्डमा रूपान्तरण गरेको छ। यस ऐतिहासिक बैठकसँगै सेन्टरको संस्थागतसुशासन संरचनाको औपचारिक सुरुवात भएको छ तथा आगामी वर्षहरूका लागिप्राथमिकताहरू निर्धारण गरिएको छ।
यो पहल नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI), भारतको राजदूतावास, काठमाडौं तथा आईआईटीएम प्रवर्तक, मद्रास (IITM Pravartak, Madras)को संयुक्त प्रयास हो। यसको उद्देश्य नेपाली युवाहरूलाई उद्यमशीलतामाप्रोत्साहित गर्नु, स्टार्टअप तथा इन्क्युबेशनको समग्र पारिस्थितिक प्रणाली(Ecosystem) लाई अनुभव तथा बुझ्ने अवसर प्रदान गर्नु, साथै अन्तर्राष्ट्रियस्तरमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यासहरूबाट लाभान्वित गराउनु हो।
यस सेन्टरको अवधारणा IN-SPAN कार्यक्रम बाट विकसित भएको हो, जसअन्तर्गत उच्च सम्भावना भएका २४ नेपाली स्टार्टअपहरूलाई भारतमा दुईमहिनाको सघन क्षमता अभिवृद्धि तथा स्टार्टअप इकोसिस्टम अनुभव कार्यक्रममासहभागी गराइएको थियो। उक्त कार्यक्रमबाट सिर्जित सकारात्मक ऊर्जा रसहकार्यलाई दीर्घकालीन रूपमा संस्थागत गर्न नेपाल र भारतबीच स्थायी, संस्थापकद्वारा नेतृत्व गरिएको संस्थाको स्थापना गर्ने अवधारणा अघि सारिएकोथियो, जसको परिणामस्वरूप आज सेन्टरको कार्यकारी बोर्ड औपचारिक रूपमागठन भएको हो।
बैठकमा नेपालका लागि भारतको राजदूतावासका प्रथम सचिव (वाणिज्य) श्रीसुमन शेखर, नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI) का अध्यक्ष श्री सुनीलके.सी., तथा नेपाल–भारत उद्योग वाणिज्य संघका निर्देशक श्री मार्शल राठौर कोउपस्थिति रहेको थियो।
बैठकले IN-SPAN को पहिलो तीन वर्षे कार्यकालका लागि नौ सदस्यीयकार्यकारी बोर्ड औपचारिक रूपमा गठन गरेको छ। नवगठित बोर्डले नेपालभरस्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन भारतीय संस्थाहरू तथासरोकारवालाहरूसँग सहकार्य गर्दै सेन्टरको रणनीति, कार्यक्रम तथासाझेदारीलाई नेतृत्व प्रदान गर्नेछ।
कार्यकारी बोर्ड (प्रथम कार्यकाल : २०२६–२०२९)
१. आसिम श्रेष्ठ — अध्यक्ष
२. प्रवीण भट्टराई — उपाध्यक्ष
३. श्रेयान्च श्रेष्ठ — महासचिव
४. ऋतिक बाबु श्रेष्ठ — सह–महासचिव
५. प्रदीप गिरी — कोषाध्यक्ष
६. मोहन तामाङ — कार्यकारी सदस्य
७. विष्णु कुमार अग्रवाल — कार्यकारी सदस्य
८. निकेश सिंह — कार्यकारी सदस्य
९. सुनील के.सी. — कार्यकारी सदस्य
बैठकमा पहिलो कार्यकालका लागि सेन्टरले प्राथमिकता दिने कार्यक्षेत्र तथाकार्यक्रमहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। आगामी तीन वर्षका लागिनिम्न पाँच प्रमुख पहलहरू तय गरिएको छः
IN-SPAN ले आफ्नो कार्ययोजनाको कार्यान्वयन जुलाई २०२६ को अन्तिमसातामा आयोजना हुने पहिलो टाउन हल कार्यक्रम बाट प्रारम्भ गर्नेछ, जुन सेन्टरऔपचारिक रूपमा गठन भएपछि आयोजना हुने पहिलो सार्वजनिक कार्यक्रमहुनेछ।
सेन्टरले स्टार्टअप इकोसिस्टम विकासका लागि आईआईटीएम प्रवर्तक, मद्रास(IITM Pravartak, Madras) सँग संस्थागत सहकार्यको घोषणा पनि गरेकोछ। यस सहकार्यले प्राविधिक तथा शैक्षिक साझेदारहरूको सञ्जाललाई थपसुदृढ बनाउँदै सेन्टरका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोगपुर्याउनेछ।
कार्यकारी बोर्डको औपचारिक गठन तथा प्राथमिकताहरूको घोषणा IN-SPAN को भारत–नेपालबीच उद्यमशीलता र नवप्रवर्तनको सहकार्यलाई अझ गहिरो बनाउनेतथा नेपालमा सुदृढ, दिगो र सक्षम स्टार्टअप इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धताकोप्रतीक हो।
नेपालस्थित भारतको राजदूतावासका प्रथम सचिव (वाणिज्य) श्री सुमन शेखर लेगत वर्ष तय गरिएको योजनाअनुसार एक वर्षभित्रै IN-SPAN सेन्टर अफएक्सिलेन्स औपचारिक रूपमा गठन भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यसपहलमार्फत नेपालका युवाहरूलाई भारतको राजदूतावासले आगामी दिनहरूमापनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवगठित कार्यकारी बोर्डलाईशुभकामना दिनुभयो।
नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI) का अध्यक्ष श्री सुनील के.सी. ले योपहल करिब एक वर्षअघि NICCI र भारतको राजदूतावासको संयुक्तअवधारणाबाट सुरु भएको उल्लेख गर्दै यसमार्फत नेपाली युवाहरूलाई सहयोग गर्नपाएकोमा गर्व व्यक्त गर्नुभयो। उहाँले कुनै संस्था वा समूह गठन गर्नु मात्र चुनौतीनभई त्यसलाई लक्ष्य, समर्पण र प्रतिबद्धताका साथ सफलतापूर्वक अघि बढाउनसक्षम नेतृत्व चयन गर्नु नै वास्तविक चुनौती भएको अनुभव पनि साझा गर्नुभयो।
IN-SPAN सेन्टर अफ एक्सिलेन्सबारे
इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (IN-SPAN) सेन्टर अफएक्सिलेन्स नेपाल र भारतबीचको स्थायी द्विपक्षीय नवप्रवर्तन (Innovation) सेतुहो, जसले भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कबाट सिर्जित ऊर्जा रसहकार्यलाई विस्तारयोग्य उद्यम विकास, प्राविधिक क्षमता अभिवृद्धि तथा क्षेत्रीयआर्थिक वृद्धिमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ।
यसको दीर्घकालीन दृष्टि नेपालमा आधारित, आत्मनिर्भर द्विपक्षीय स्टार्टअप तथानवप्रवर्तन इकोसिस्टम निर्माण गर्नु हो, जहाँ नेपाल र भारतका उद्यमी, अनुसन्धानकर्ता तथा संस्थाहरूले सहकार्य गर्दै विस्तारयोग्य उद्यम विकास, व्यवहारिक नवप्रवर्तन तथा क्षेत्रीय आर्थिक समृद्धिमा योगदान पुर्याउनेछन्।
यसको उद्देश्य अग्रणी शैक्षिक संस्था, उद्योग तथा अनुसन्धान संस्थाहरूसँगकोसाझेदारीमार्फत व्यवस्थित इन्क्युबेशन, सीमापार सहकार्य, प्राविधिक क्षमताविकास तथा क्षेत्रगत नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु हो।



प्रतिकृया दिनुहोस्