युवाको जोश, राष्ट्रप्रेमको सोच र सफलताको कथा: राज कार्की
आजको नेपाली युवापुस्तामा आशा जगाउने, प्रेरणा दिने र “नेपालमै केही गर्न सकिन्छ” भन्ने आत्मविश्वास रोप्ने केही नामहरू छन्। ती नाममध्ये एक चम्किलो र भरोसायोग्य नाम हो—राज कार्की।
भोजपुरमा जन्मिएर कर्मभूमि काठमाडौँ उपत्यकालाई बनाएका राज कार्की हाल कलङ्कीलाई स्थायी घर र भक्तपुरको बालकोटलाई बसाइँ बनाइरहेका छन्। बाबुआमा र छोरीसहितको सानो तर सशक्त परिवारका साथ उनी जीवन र व्यवसाय दुवैलाई सन्तुलनमा अघि बढाइरहेका छन्।
समाजशास्त्र तथा जनसञ्चारमा BA (Sociology and Mass Communication) अध्ययन गरेका राज कार्की केवल व्यवसायी मात्र होइनन्, समाज बुझ्ने र समाजका लागि सोच्ने युवा हुन्। उनको शिक्षा उनको सोचमा झल्किन्छ—समावेशी, सकारात्मक र राष्ट्रनिर्माणमुखी।
पेशा अनुसार उनी सुटमाला संचालक हुन्—तर यो केवल व्यापार होइन, युवालाई रोजगारी, सीप र आत्मनिर्भरता दिने एउटा प्लेटफर्म हो। एक युवा व्यवसायीको हैसियतले उनले देखाएका नेतृत्व, इमान्दारिता र निरन्तरताले उनलाई उच्च सोच भएका उद्यमीको रूपमा स्थापित गरेको छ।
रोजगारी र घुमफिरका क्रममा उनले दुबई, ओमान र आइसल्यान्ड विदेशी भूमिमा काम गरे, सिके, अनुभव बटुले। तर त्यहीँको सुरक्षित कमाइ र सहज जीवनभन्दा ठूलो थियो—नेपालमै केही गर्ने हुटहुटी। यही राष्ट्रप्रेमी सोचले उनलाई स्वदेश फर्कायो र आज उनी नेपालमै सम्भावना सिर्जना गरिरहेका छन्।
कार्कीलाई राष्ट्रिय उद्यमी सम्मान, सफल व्यवसायी सम्मान लगायत झण्डै सयको हाराहारीमा विभिन्न संघ–संस्थाबाट सम्मानित गरिएको छ। यी सम्मानहरू उनको निरन्तर मेहनत, इमानदार कर्म र सामाजिक योगदानको प्रमाण हुन्।
राज कार्की केवल आफ्नै सफलतामा सीमित छैनन्। उनी युवा–प्रेमी, राष्ट्र–प्रेमी र सकारात्मक सोचका संवाहक हुन्। “विदेश जानु सफलता होइन, नेपालमै अवसर सिर्जना गर्नु नै साँचो सफलता हो” भन्ने सन्देश उनका कर्मले बोलेका छन्।
आज जब धेरै युवाहरू निराशा, पलायन र अन्योलमा छन्, राज कार्की जस्ता व्यक्तित्वहरू आशाको दीप बनेर उभिएका छन्। उनी भन्छन्—
“देश बदल्न सरकार मात्रै होइन, हामी युवाहरू बदलिनुपर्छ।”
यही सोच, यही साहस र यही कर्मले राज कार्कीलाई आजको राष्ट्र–प्रेमी युवा आइकन बनाएको छ।
नेपाललाई माया गर्ने, युवालाई विश्वास गर्ने र भविष्यलाई उज्यालो बनाउने नाम हो—राज कार्की।
(लेखक दामोदर भट्ट मिडिया ठाँटी प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ !)



प्रतिकृया दिनुहोस्