१८०+ एलुम्नाईको ऐक्यबद्धतासहित NUSAN को ७औँ AGM सम्पन्न, नयाँ नेतृत्व निर्वाचित
काठमाडौं/ललितपुर – नेपाल–अमेरिका एलुम्नाई नेटवर्क (NUSAN) ले २०८२ मंसिर ५ गते (डिसेम्बर २०, २०२५) ललितपुरस्थित होटल हिमालय मा आफ्नो ७औँ वार्षिक साधारण सभा (AGM) भव्य र सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा १८० भन्दा बढी सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो, जसमा अमेरिकी सरकारका विभिन्न एक्सचेञ्ज कार्यक्रमका एलुम्नाई तथा अमेरिकी विश्वविद्यालयबाट स्नातक एलुम्नाईहरू सहभागी थिए।
सभामा उद्घाटन सत्र, आजिवन सदस्य सम्मान, प्रदेश समन्वय समितिहरूको प्रगति विवरण, अमेरिकी दूतावास, नेपालका प्रतिनिधिहरूका शुभकामना मन्तव्य, साथै संस्थागत प्रगति, वित्तीय प्रतिवेदन, सदस्यता विस्तार र भावी रणनीतिक प्राथमिकताहरू प्रस्तुत गरियो।
कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण भनेको निर्वाचन समितिद्वारा सञ्चालन गरिएको पारदर्शी, लोकतान्त्रिक निर्वाचन प्रक्रिया थियो, जसले नयाँ नेतृत्व चयन गर्यो।
सभाको अन्त्यमा अर्थपूर्ण छलफल, नेटवर्किङ तथा सहकार्यका नयाँ सम्भावनाहरूको ढोका खुलेको देखियो।
नवनिर्वाचित कार्यसमिति (२०२५–२०२७)
अध्यक्ष: स्वर्णा ताम्राकार (IVLP 2014)
उपाध्यक्ष: अग्निराज उपाध्याय (ANIL – PFP 2024)
महासचिव: निकेश बलामी (TechCamp 2019; CACN 2023/24)
सचिव: प्रतिज्ञा बाश्याल (PFP 2024)
कोषाध्यक्ष: गर्गी नेपाल (CSP 2019)
कार्यसमिति सदस्यहरू:
▪️ कविता श्रेष्ठ (PFP 2018)
▪️ आलिश गुरुङ (OPEN GOC 2024)
▪️ पवन पौडेल (IVLP 2025)
▪️ प्रकाश लामिछाने (IVLP 2022)
▪️ आस्था कुमारी चौधरी (Fulbright TEA 2019)
▪️ नविना ज्ञवाली (Global UGRAD 2014/15)



प्रतिकृया दिनुहोस्