अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ३१ वैशाख

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका ्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने स्याङजा पुतलबजार नगरपालिका-४ घर भएका शारदा थापा काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्नगरपालिका-७ घर भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् । 

पक्राउ मध्ये शारदाले अमेरिका पठाइदिन्छु भन्दै जना पीडितबाट ८५ लाख रूपैयाँ र पासाङले क्रएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट बुधबार ासाङलाई काठमाडौं तारकेश्वर नगरपालिका-९ बाट मंगलबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं  पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।