अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, २५ फागुन

इलाम, इलाम नगरपालिका- सेराबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपलिका-१२ साङरम्बा स्ने २२ वर्षीयरोशन लिम्बु २२ वर्षीय मनिष राई रहेका छन् जिल्ला प्रहरी कार्यलय इलामबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आँउदै गरेको मे.१ च ४५२५ नम्रको पिकअप गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका६ सानागाउँ ठाडो बाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही ठाँउ बस्ने काभ्रे घर भएका २१ वर्षीय सुशिल बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-८ देबकोटबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ३० ग्रामसहित सोही ठाउँ बस्ने ३२ वर्षीय राज कुमार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देबकोटबाट मेनरोडतर्फ आउदै गरेको ग.६ प ४५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१५ ब्रहमचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलो ५ सय ९० ग्राम र मोबाइल २ थान सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-२ भवानीपुर घर भएका २३ वर्षीयलडु राम, पर्सा बिन्दवास्नी गाउँपालिका-का ३५ वर्षीय सरोज साह र वीरगंज महानगरपालिका-११ बस्ने २३ वर्षीय रवी चौधरीरहेका छन् । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)