अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, २३ फागुन  

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ दिव्यश्वरी गेष्ट हाउस नजिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३५ ग्राम सहित सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भई भक्तपुर नयाँ थिमी बस्ने ४३ वर्षीय मोहन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएकोप्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका-बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर घर भएका २६ वर्षीय ओमकार तामाङकाभ्रे धुलिखेल नगरपालिका-९ बस्ने २७ वर्षीय मुन्ना विकरहेका छन् । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेकउनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हरो जस्तो देखिने पदार्थ य मिलिग्राम सहित बर्दगोरिया गाउँपलिका-१ बौनिया बस्ने २५ वर्षीय रिजन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, मदत्त नगरपालिका-१५ गोबरीया राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ

९ सय ६० मिलिग्राम सहित जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्षमण आर्याल, भीमदत्त नगरपालिका-१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोशन शाही रहेका छन् । लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले लक्ष्मणको घरबाट उक्त पदार्थ फेला पारी तीन जनालाई पक्राउ गरेको हो ।  

यसैगरी कञ्चनपुर, मदत्त नगरपालिका-११ गडडाचौकी होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-१ बस्ने २१ वर्षीयायशोदा रानासोही नगरपालिका-३ बस्ने २७ वर्षीय प्रबेश धामी रहेका छन् । लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थहित पक्राउ गरेको हो ।

धनुषा, जनकपुरधामपमहगरपालिका-१२ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ मिल्स एरिया बस्ने ३१ वर्षीय जितेन्द्र साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)