आगालगीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, २२ फागुन
उदयपुर, कटारी नगरपालिका-१० तिनाखुस्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६५ वर्षीय कौडे बहादुर दमाईको मतान र लाल बहादुर सुनुवारको मतानमा समेत आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-११ दुधेस्थित क्यामरिज बोर्डिङ स्कुलको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको मे.१ ख १८१६ र को.१ ख २०५० नम्बरका स्कुल बसमा बुधबार राति आगलागी हुँदा दुबै बस पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
काठमाडौं महानगरपलिका-४ धुम्बाराहीस्थित सुन्दर चार्जिङ स्टेसनमा प्र.३–०१-००५ ख ९६३९ नम्बरको बसमा चार्ज गर्ने क्रममा बुधबार राति आगलागी हुँदा बस आंशिक रूपमाजलेर क्षति भएको छ ।
सर्लाही, बिष्णु गाउँपालिका-६ सिमरा बस्ने रामचन्द्र बैठाको गोठमा गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेरकरिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगालगीबाट सोही ठाउँ बस्ने चितरन्जन पाण्डेको घर समेत आंशिक रूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्