आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २१ फागुन

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ लखौरा बस्ने ज्ञानी कुर्मी र भगवानदिन कुर्मीको भान्सा घर तथा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब लाख ७७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ जिधापुर बस्ने सुर्खेती राठको घर र गोठमा मंगलबार राति आगलागी हुँदा घर र गोठ पूर्णपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ  

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)