स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

सर्लही, २० फागुन

मलंगवा नगरपालिका-बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।

पक्राउ पर्नेहरूमा गोडैटागरपालिका-५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई वर्षीय श्री भगवान गुप्तारहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीलेभारतबाट नेपालतर्फ आउदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)