“घृणामा लुकेको माया” – मार्शल

“घृणामा लुकेको माया” – मार्शल

घृणा के भनुँ
म त त्यस्मै पनि
देख्छु तिम्रै प्रित
त्यसैले म चाहन्छु
तिमी घृणा गर
मन खाेलेर घृणा गर
कमसे कम जुडिरहने
एउटा आधार त रहन्छ

नदेखे झै गर
नसुने झैं गर
म तिम्राे सामु आई रहन्छु
म तिमीलाई बाेलाई रहन्छु
कमसे कम एउटा आशा त रहन्छ
तिमीले फर्केर हेर्ने अनि मलाई सुन्ने

रेस नै सही
जीबनमा अघि बढ्ने
तिमी बढ्नु अघि अघि
म पछ्याई रहन्छु सँधै भरि
म तिम्रै छायाँ बनी
कमसे कम तिमीसँगै म
जुडिरहन त पाउँछु

तिमी नदी नै सही, बगीरहनु
म कीनार बनी सँगै जाेडि रहन्छु
कमसे कम टाँसेरै सही
हेरि रहन त पाउँछु
भेटि रहन त पाउँछु
त्यसैले म चाहन्छु तिमी
बगी रहनु बढी रहनु

अब्यक्त नै सही
मनमै थुनी राख
म बुझ्दछु ती अब्यक्त शब्दहरु
अनि नपाेखिएका ती भावहरु
भावनामै सही ऊनी राख
कमसे कम हृदय भित्र त हुन्छु

पर्दैन भन्न केही पनि
हृदय जाे हाे गहिराे छ
म त्यही गहिराई भित्र
बसि रहनेछु
रमाई रहनेछु
सारा जीवन
त्यही गहिराई भित्र
अनि ती हेराई भित्र ।।

मैझाराे …।।

जय श्रीकृष्ण ।

-मार्शल ।
२०८२/०७/२९