आगो अनि जवानी दुबै उस्तै उस्तै – मार्शल ।

आगो अनि जवानी  दुबै उस्तै उस्तै – मार्शल ।

आगाे अनि जवानी
दुबै उस्तै उस्तै
दुबैकाे काम जलाउने
अनि न्यानाे, मन पर्छ

फूल र उनकाे हात
दुबै उस्तै उस्तै
दुबै काेमल
मीठाे स्पर्श

समय र हावा
दुबै उस्तै उस्तै
बहि रहन्छ चलि रहन्छ
हात लाग्दैन
तर पनि मलाई गति मन पर्छ
समयसंगै बहि रहन मन पर्छ
अनन्त सम्म ।।

जय श्रीकृष्ण ।

-मार्शल ।
२०८२/०३/२२