एउटा पुतली आउँछे भुरभुर गर्छे – मार्शल ।

एउटा पुतली  आउँछे भुरभुर गर्छे – मार्शल ।

एउटा पुतली
आउँछे भुरभुर गर्छे
कहिले कानमा
कहिले काँधमा

सुनेथेँ पुतलीहरु
फूलमा बस्छन्
सुगन्धमा रमाउँछन्

उड्न मन पराउँछन्
डुल्न मन पराउँछन्
खुल्ला आकासमा
स्वतन्त्र बिचरणमा रमाउँछन्

तर मेरै वरिपरि कीन हाे खै
न त म फूल हुँ
न त सुगन्ध हुँ
न त मेराे काँध कुनै फूलकाे बाेट हाे

हे पुतली
नआउ मेराे समिप
मसंग पाउँदैनाै केही
कीनकि
मेराे काँधमा केवल
मेराे पसिनाकाे गन्ध छ
म संग केवल
मेराे स्वाभिमानकाे रंग छ ।।

जय श्रीकृष्ण ।

-मार्शल ।
२०८२/०२/३१