आजको राशिफल – Today’s Horoscope – २०८२ मंसिर २४ गते (१० डिसेम्बर २०२५) बुधवार
आजको राशिफल – Today’s Horoscope
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : ९८११८३६४५६
मेष (ARIES)
अरूको भर पर्नु हानिकारक। मिहिनेतले सम्मान र धन लाभ। पुराना कमजोरी सुधार्ने मौका।
वृष (TAURUS)
बेसुरमा बोल्नु समस्या। साझेदारीमा मतभेद। नयाँ काममा ढिलाइ, तर नियमित काम चलिरहने।
मिथुन (GEMINI)
हिम्मतले अवसर मिल्ने। व्यापार–व्यवसाय लाभदायी। शत्रु परास्त, सहयोगी बढ्ने।
कर्कट (CANCER)
आत्मविश्वास कम। खर्चको चिन्ता। गोपनीयता बचाउनू। प्रयासले प्रतिष्ठा जोगिनेछ।
सिंह (LEO)
अवसर आए पनि हतारको निर्णय हानिकारक। मिहिनेतले नाम–दाम दुवै मिल्ने।
कन्या (VIRGO)
आकस्मिक खर्च। सहयोग कम, चुनौति धेरै। धेरै प्रयासपछि मात्र थोरै लाभ।
तुला (LIBRA)
कर्मयोग बलियो। व्यापार–साझेदारीबाट फाइदा। नयाँ अवसर र आम्दानीका स्रोत खुल्ने।
वृश्चिक (SCORPIO)
कमजोर नतिजा, काम दोहोर्याउनुपर्ने। धैर्यले लक्ष्य पूरा। सामाजिक काममा सफलता।
धनु (SAGITTARIUS)
चिताएको काममा ढिलाइ। स्वास्थ्य कमजोर। तर योजनाबद्ध कार्यले सानो फाइदा र आध्यात्मिक रुचि बढ्ने।
मकर (CAPRICORN)
अन्यका काममा अल्झिनु पर्ने। खर्च र चुनौती बढ्ने। अवसर आए पनि मेहनेत आवश्यक।
कुम्भ (AQUARIUS)
परिवार–मित्रसँग रमाइलो। उपहार र खुशीमय भेटघाट। सामान्य आम्दानी र भौतिक लाभ।
मीन (PISCES)
स्वास्थ्य चिन्ता। हल्लाको पछि नलाग्नु। बुद्धिको प्रयोगले लाभ। प्रतिस्पर्धामा विजय, यात्रा सम्भावना।



प्रतिकृया दिनुहोस्