अमेरिका–न्यु ह्याम्पसायरबाट उदाएको नेपाली गौरव : ईश्वरी भट्टको जन्मोत्सव दिवसमा सामाजिक सेवा, साहित्य र नेतृत्वको अद्वितीय यात्रालाई वैश्विक सम्मान !
कङ्कर्ड, न्यु ह्याम्पसायर अमेरिका– १३ मंसिर २०८२, शनिवार मंसिर शुक्ल नवमी पञ्चाङ्ग: हर्षण बालव पूर्वभाद्र – ठाँटी खबर ||
नेपाली समुदाय मात्र होइन, विश्वभर फैलिएको प्रवासी समाजमा सामाजिक सेवा, साहित्यिक योगदान र संस्थागत नेतृत्वका कारण विशिष्ट स्थान स्थापित गर्न सफल व्यक्तित्व श्री ईश्वरी भट्ट ज्यूको आज वार्षिकोत्सव जन्मोत्सव विशेष रूपमा मनाइँदैछ।
विगत दुई दशकभन्दा बढी समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सामाजिक, सांस्कृतिक र साहित्यिक गतिविधिमा सक्रिय योगदान गर्दै आउनुभएको भट्ट आज नेपाली प्रवासी समाजका प्रेरणादायी प्रतिबिम्बका रूपमा परिचित हुनुहुन्छ।
साहित्यिक रचनाका सर्जक : एकपछि अर्को कृतिमार्फत समाज यहीँ छूने कवि
भट्टका कृतिहरूले नेपाली साहित्यलाई विदेशमा मात्रै होइन, मातृभूमितिर समेत गर्विलो योगदान पुर्याएका छन्। भट्टका प्रमुख प्रकाशित कृतिहरू:
-
आमा र माटो (२०२०) – मातृभूमि र ममताको गहिरो सम्बोधन
-
केही फूलका थुँगाहरू (२०२१) – संवेदना र समाजको सुक्ष्म चित्रण
-
आकाशपारिबाट (२०२३) – प्रवासी मनको वेदनादेखि आशा–आकांक्षासम्म
-
अनवरत प्रयासहरू (कवितासंग्रह)
-
पर्देशी मनका ढुकढुकीहरू (२०१५, सङ्कलन)
साथै, अनेसास न्यु ह्याम्पसायर स्मारिका र क्यालेण्डर–२०१९ का सम्पादकको रूपमा भट्टले साहित्यिक संस्थापनालाई नयाँ उचाइमा पुर्याउनुभएकोछ ।
नेतृत्व र सेवा : प्रवासी संस्थाहरूमा बहुआयामिक भूमिका
नेपाली प्रवासी समुदायका सयौँ संस्थाहरूमा उहाँले निर्वाह गर्नुभएको भूमिकाले उहाँलाई सक्रिय अभियन्ता तथा संरक्षकका रूपमा स्थापित गरेको छ।
मुख्य भूमिकाहरू :
-
संस्थापक महासचिव — अनेसास न्युह्यामसायर (२०१३–१५)
-
प्रधानसम्पादक — अनेसास न्युह्यामसायर (२०१५–हालसम्म)
-
अनेसास बोर्ड अफ ट्रस्टी — पुरस्कार समिति सदस्य (२०१८–२०२२–२०२६)
-
संस्थापक अध्यक्ष — गैरआवासीय नेपाली संघ, न्युह्यामसायर (२०१७–२०१९)
-
सदस्य — अन्तर्राष्ट्रिय समिटी (गै.आ.ने.सं) भाषा, साहित्य, संस्कृति तथा सम्पदा उप-समिति (२०१९–२०२३)
-
अन्तर्राष्ट्रिय कमिटी सदस्य — २०२३–२०२५
-
संस्थापक कोषाध्यक्ष / आपतकालीन कोष संयोजक — नेपाली समाज न्युह्यामसायर
-
बीडीए — प्रमुख सल्लाहकार (२०२१)
- मिडिया ठाँटी प्रा. लि. – मुख्य सहल्लाकार
त्यसैगरी, भट्ट अनेसास केन्द्र, अनेसास न्युह्यामसायर, श्री नवजागृति चण्डी उच्च मा.वि. अश्राङ र देवघाट संरक्षण समिति लगायत अनेक संस्थामा सक्रिय हुनुहुन्छ।
पुरस्कार–सम्मान : समाजसेवामा समर्पित जीवनको उज्यालो पहिचान
उहाँले प्राप्त गरेका प्रमुख सम्मानहरू:
-
Spirit of Volunteer Award – USA
-
People’s Choice Award (Governor’s Award New Hampshire) – 2020
-
अनेसास हिरो २०२४ — पोर्चुगल सम्मेलन
-
KIOCH सम्मान (कपालास) – २०२४
- उत्कृष्ट कार्य सम्पादन सम्मान २०८२ – मिडिया ठाँटी प्रा. लि.
-
अन्य धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान
जन्म, मूल पहिचान र जरा
वि.सं २०१९ मा गोरखा–भीमसेन गाउँपालिका–६, नेपालमा
– पिता : स्व. डिल्लीराम भट्ट
– माता : स्व. दुर्गादेवी भट्ट
को कोखबाट जन्मलिनुभएका भट्ट अहिले कङ्कर्ड, न्यु ह्याम्पसायर, अमेरिकामा बस्दै आउँनुभएको छ।
जन्मोत्सव विशेष शुभकामना :
मिडिया ठाँटी प्रा. लि.का मुख्य सल्लाहकार श्री ईश्वरी भट्ट ज्यूको आजको शुभ जन्मोत्सवको पावन अवसरमा
स्वास्थ्य, दीर्घायु, समृद्धि, सुख–शान्ति तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ !
— मिडिया ठाँटी प्रा.लि. तथा सम्पूर्ण परिवार,
बालाजु–१६, काठमाडौं !



प्रतिकृया दिनुहोस्