आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १३ असोज

उदयपुर, कटारी नगरपालिका-५ भुल्के बस्ने लिल बहादुर दमाईको ग्वालीघर र उनकै छोरा पदम बहादुर दमाईको घरमा सोमबार बिहान आगलागी हुँदा करिब १ लाख ६८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका-९ बस्तिपुर बस्ने बिबस पौडेलको घरमा सोमबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।