छुट्टाछुटै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुटै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, १७ चैत

काठमाडौं, नागार्जुन नगरपालिका- स्थित सडकमा प्र.-०१-०२४ च ८३२२ नम्बरको योद्धा गाड सडकबाट करिब सय मिटर तल सेर शनिबार राति दुर्घटना हुँदा गाडीमा सवार गोरखा भिमसेन गाउँपालिका-४ बस्ने ५० वर्षीय गोकुल पण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

सिराहा, नरहा गाउँपालिका-२ पानवारी गाउस्थितसडकमा एचआर २० एयु ६०१४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ५५ वर्षीया रामपरी देवी महराको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सुनसरी भन्टाबारी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-६ रातमाटस्थितसडकमा प्र-१-०१-००१ ८८२१ नम्बरको गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय शेर बहादुर खपाङगीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, कैलारी गाउँपालिका-५ मनिकापुरस्थित सडकमा बेहडाबाबाबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार भारत लखिमपुर खिरी सिंहा कालापोष्ट बस्ने११ वर्षीय आयुष बर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमाउपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १२ जनाको सोही अस्पतालमा र १५ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देही, सियारी गाउँपालिका-७ कनरीस्थित सडकमा बुटवलबाट बेथरीतर्फ जाँदै गरेको लु.७७ प ६६६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका१४ खुरहुरिया बस्ने १९ वर्षीयराहुल कुवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल बुमा उपचार भइरहेक छ ।  

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)