INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं, २८ फागुन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित Open-source Intelligence Investigation(OSINT) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यौन शोषण र दुर्व्यवहार गम्भीर चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै यस प्रशिक्षणले यौन अपराधहरूको अनुसन्धान र न्यूनीकरणमा सहयोग पुग्नुका साथै प्रशिक्षणबाटसिकेका सीपहरूले त्यस्ता अपराधहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विशेष गरी Aid Sector हरूमा संलग्न व्यक्तिहरूबाट हुनसक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने उद्देश्यका साथइन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गत कानून कार्यान्वयन गर्नेनिकायका अधिकृतहरूलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
फागुन २६ गतेदेखि संचालित उक्त प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट २२ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो भने प्रशिक्षकको रूपमा INTERPOL Project SOTERIA बाट ३ जना पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्