अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, फागुन

काठमाडौं, गोकर्णेश्वर नगरपालिका५ जोरपाटीबाटनियन्त्रित लागूऔषध ट्रामाडोल सय ९५ ट्याब्लेट सहित सोहीनगरपालिका बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाईमंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकीजोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट वैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय बल राम रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहा, गोलबजार नगरपालिका-४ स्थित हाइवे होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सय ७० मिलिग्राम सहित होटलका संचालक औरही गाउँपालिका-२ बनिनिया टोल बस्ने ३० वर्षीया नगिरा खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्तहोटलमा लागऔषध बिक्री वितरण भइहरेको भन्ने चनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सोही होटल बाहिरबाट गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने १६ वर्षीय किशोरलाई समेतवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ फुलचबाट नियन्त्रित लागूऔषध ट्रामोल १ हजार १ सय ९० ट्याब्लेट र स्पास्पेन १ हजार २८ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका-६ फत्तेपुर बस्ने ३२ वर्षीय प्रदिप बिलाईमंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ भोजपुरे टोलबाट वैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फिदिमगरपालिका-३ घर भएका ३२ वर्षीय किरण मुखियालई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिकाअनाम टोल डेरा गरी बस्ने सोही नगरपालिकाघर भएका ३ वर्षीय सुरज गुर समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ५० ट्याब्लेट सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुरजको कोठाबाट उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका३ बगर टोल बस्ने ५०वर्षीया सितेम्मा राईलाई अवैध लागूऔषध गाँजा करिबकिलो सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेक । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)