आगालगीबाट विभिन्न धनमाल जलेर नष्ट

आगालगीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २२ फागुन  

उदयपुर, कटारी नगरपालिका-१० तिनाखुस्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६५ वर्षीय कौडे बहादुर दमाईको मतानलाल बहादुर सुनुवारको मतानमा समेत आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-११ दुधेस्थित क्यामरिज बोर्डिङ स्कुलको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको मे.१ ख १८१६ र को.१ ख २०५० नम्बरक स्कुल बसमा बुधबार राति आगलागी हुँदा दुबै बस पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

काठमाडौं महानगरपलिका-४ धुम्बाराहीस्थित सुन्दर चार्जिङ स्टेसनमा प्र.०१-००५ ख ९६३९ नम्बरको बसमा चार्ज गर्ने क्रममा बुधबार राति आगलागी हुँदा बसंशिक रूपमाजलेर क्षति भएको छ ।

सर्लाही, बिष्णु गाउँपालिका-६ सिमरा बस्ने रामचन्द्र बैठाको गोठमा गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेरकरिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगालगीबाट सोही ठाउँ बस्ने चितरन्जन पाण्डेको घर समेत आंशिक रपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)