अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं, १८ फागुन

सर्लाही, मलंगवा नगरपालिका-१० बाट नियन्त्रित  लागूऔषध  नाट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका-३ बस्ने २८ वर्षीय मनोज कुमार महतो रहेका छन् । प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय लोकेन्द्र कठायत र २१ वर्षीय मनिष कुन्जेडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट िएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई गरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ ९९ ग्राम सय ६० मिलिग्राम सहित झापा कचनकवल गाउँपालिका-५ बस्ने ४५ वर्षीय अवसार आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय भिमान लागूषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश०१-००६ ख ६१६७ नम्बरको हाईस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, बलान बिहुल गाउँपालिका-१ बलान खोला नजिकबाट नियन्त्रित लागूऔषध फेनारगन ९७ एम्पुल, डाजेपा ९७ एम्पुलनाट्राभेट १४ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-घर भएका २१ वर्षीयचुडामनी रायमाझी र २० वर्षीय सुमन परियार रहेका छन् । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ बसपार्कबाट अवैलागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने २० वर्षीय कर्म मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका- बाट नियन्त्रित लागूऔषध ट्रमाडोल ४ हजार ४३ ट्याब्लेट, स्पासपेन १हजार सय  ३७ ट्याब्लेट स्पास्मो १ सय ८२ ट्याब्लेट सहित४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-६ बस्ने ५५ वर्षीय चन्द्र लिम्बु, ४५ वर्षीया राज कुमारी लिम्बु, २९ वर्षीय सागर महत र २३ वर्षीय अनिल तामाङ रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुर बिजौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २८ वर्षीय सुरेन्द्र भण्डारीसोही उपमहानगरपालिका-१२ हापुर पेदा बस्ने २३ वर्षीय बिजय बुढाथोकी रहेका छन् । स्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले लु.५८ प ६०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, मदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २७ वर्षीय अजय चौधरीसमेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले सु..प्र ०२००४ प१३१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने वर्षीय विकाश गुरूङ३० वर्षीय सुरेश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले विकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सहित ३ जनााई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय नफिस अहमद कबडिया, सोही उपमहानगरपालिका-१० ट्राफिक चोक बस्ने भारत कलकत्ता घर भएका ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको युपि ४० आर ७१४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)