नेपालीहरूको महान् पर्व बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
हिमाल, पहाड र तराईलाई एउटै सुन्दर सूत्रमा बाँध्ने, भाइचारा, स्नेह र एकताको प्रतीक नेपालीहरूको महान् पर्व बडा दशैँ २०८३ को यस पावन अवसरमा देशका विभिन्न क्षेत्रमा सेवारत तथा संसारका विभिन्न कुनामा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हामीलाई निरन्तर विश्वास र साथ दिनुहुने आदरणीय विज्ञापनदाताहरू, पाठक, दर्शक एवं मिडिया ठाँटी परिवारका समस्त शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
आज कार्यक्षेत्र र विविध सिलसिलामा हामी देशका विभिन्न भाग वा विश्वका कुना-काप्चामा पुगेका हुन सक्छौँ। तर रातो टीका, जमरा, मान्यजनको आशीर्वाद अनि आफ्नै जन्मभूमिको सुवासले हामीलाई सधैँ आफ्नो माटो र मौलिक संस्कृतिसँग जोडिरहन्छ। दशैँ केवल एउटा पर्व मात्र नभई हाम्रा मौलिक मूल्य-मान्यता, पारिवारिक पुनर्मिलन र देशप्रतिको अगाध प्रेमको उत्सव पनि हो।
सत्य, निष्पक्ष र जिम्मेवार सूचना एवं सञ्चारको माध्यमबाट समाज रूपान्तरणमा समर्पित मिडिया ठाँटी प्रा. लि. यहाँहरूसँगको सहकार्य र आत्मीय सम्बन्धप्रति सधैँ कृतज्ञ छ। नवदुर्गा भवानीले हामी सबैलाई असत्यमाथि सत्यको विजय प्राप्त गर्ने शक्ति, समृद्ध नेपाल निर्माणको साझा संकल्प र आपसमा अझ मजबुत एकता कायम गर्ने प्रेरणा प्रदान गरून्।
विजया दशमी तथा दीपावलीका यी पावन पर्वहरूले हाम्रा सम्पूर्ण दुःख-कष्टहरू हरण गर्दै सबैको जीवनमा नयाँ उत्साह, आशा र सफलताको सञ्चार गरुन्।
जय मातृभूमि!
खडानन्द भट्ट
प्रबन्ध निर्देशक (Managing Director)
मिडिया ठाँटी प्रा. लि. एवं परिवार
बालाजु-१६, काठमाडौँ, नेपाल



प्रतिकृया दिनुहोस्