सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेपालमै पहिलो ‘ड्रोन इन्स्योरेन्स’ सेवा सञ्चालनमा, उडान सुरक्षामा नयाँ आयाम

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेपालमै पहिलो ‘ड्रोन इन्स्योरेन्स’ सेवा सञ्चालनमा, उडान सुरक्षामा नयाँ आयाम

काठमाडौँ: प्रविधिको विकाससँगै नेपालमा ड्रोनको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। यसै सन्दर्भमा, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले ड्रोन प्रविधिको भविष्यलाई सुरक्षित बनाउने उद्देश्यसहित नेपालकै पहिलो विशेष ‘ड्रोन इन्स्योरेन्स’ (Drone Insurance) समाधान बजारमा ल्याएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अन्डरराइटिङ प्रमुख (Head – Underwriting) सुजन खकुरेलले ड्रोन इन्स्योरेन्सको महत्त्व र यसबाट प्राप्त हुने सुविधाहरूका बारेमा प्रकाश पार्दै यसले ड्रोन प्रयोगकर्ताहरूलाई ठूलो राहत प्रदान गर्ने बताएका छन्। उनका अनुसार, ड्रोन सञ्चालनका क्रममा आउने व्यावहारिक जोखिमदेखि लिएर आकस्मिक रूपमा हुने क्षतिसम्मका विभिन्न जोखिमहरूबाट यसले पूर्ण सुरक्षा प्रदान गर्छ।

हाल व्यावसायिक, कृष, चलचित्र निर्माण तथा विभिन्न सर्वेक्षणका क्षेत्रमा ड्रोनको प्रयोग्याता बढिरहेको छ। यस्तो अवस्थामा लगानीकर्ता तथा उड्डयनकर्ताहरूलाई आइपर्ने आर्थिक जोखिम न्युनिकरण गर्न यो बीमा योजनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

सञ्चालनका क्रममा आइपर्ने सम्भावित क्षतिबाट जोगाउँदै सुरक्षित रूपमा ड्रोन उडाउन र नेपालमा उदीयमान ड्रोन प्रविधिको विकास तथा विस्तारलाई थप बलियो बनाउन यो बीमा योजना कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।