युवा उद्यमी राज कार्की सम्मानित
काठमाडौं । नेपाली फेसन, बेस्पोक टेलरिङ तथा सुट शिल्पकारिताको क्षेत्रमा सक्रिय युवा उद्यमी एवं सुटमाला (Suit Mala) का कार्यकारी निर्देशक राज कार्की विशेष सम्मानबाट सम्मानित हुनुभएको छ।
राजधानीमा आयोजित एक विशेष समारोहमा एभरेस्ट इभेन्टले नेपाली फेसन तथा टेलरिङ व्यवसायको विकासमा कार्कीले पुर्याउँदै आएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो।
बागबजारलाई केन्द्र बनाएर सुटमालामार्फत टेलरिङ व्यवसायलाई आधुनिक शैली, गुणस्तरीय शिल्पकारिता र व्यवस्थित व्यवस्थापनसँग जोड्दै अघि बढाउन कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। परम्परागत सिलाइ सीपलाई बदलिँदो बजारको आवश्यकता र आधुनिक फेसनसँग जोड्ने उहाँको प्रयासले युवा पुस्तामा उद्यमशीलताप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।
व्यवसायसँगै ब्रान्डिङ, प्रचार–प्रसार, सिर्जनात्मक गतिविधि तथा व्यावसायिक सञ्जालमा समेत सक्रिय कार्कीले नेपाली उत्पादन, सीप र उद्यमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आउनुभएको छ। उहाँले सुटमालालाई व्यवसायिक पहिचानसँगै युवाहरूका लागि सीप, आत्मनिर्भरता र उद्यमशीलताको सम्भावना देखाउने माध्यमका रूपमा अघि बढाउने प्रयास गरिरहनुभएको छ।
स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विस्तारबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्ने विश्वास राख्ने कार्की विभिन्न युवा तथा व्यावसायिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ। परम्परागत सीपलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नुपर्ने उहाँको धारणा छ।
सम्मान ग्रहणपछि कार्कीले प्राप्त सम्मानले आफूलाई थप उत्साह र जिम्मेवारीका साथ काम गर्ने प्रेरणा मिलेको बताउनुभयो। आगामी दिनमा नेपाली फेसन तथा सुट शिल्पकारितालाई थप उचाइमा पुर्याउँदै सुटमालाको सेवा विस्तार गर्ने आफ्नो लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।
एभरेस्ट इभेन्टबाट प्राप्त यो सम्मानले नेपाली युवा उद्यमशीलता, स्थानीय सीप र स्वदेशी व्यवसायप्रतिको सकारात्मक सम्भावनालाई समेत उजागर गरेको छ।



प्रतिकृया दिनुहोस्