गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सु-सम्पन्न
- thantikhabar
- July 8, 2025
150.8K
SHARES
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असार २२ गते आइतबारकादिन हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा बर र पिपल वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी महानुभावहरु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
बृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।यस कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास विश्वास छ ।
- Nepal Real Estate and Construction Expo Scheduled for September
- सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड
- दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

प्रतिकृया दिनुहोस्