अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौं, फागुन

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हरो जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैया बस्ने ३१वर्षीय बिर साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपलिका-१० घर भएका २२ वर्षीय एकेन्द्र साउदलाईसोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूषधनियन्त्रण ब्यरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१४ मयरधाप चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास तिमिल्सेना,२६ वर्षीय कैलास लामा र ३२ वर्षीय प्रकाश मगर रहेका छन् ।स्थायी प्रहरी पोष्ट मयरधापबाट खटिएको प्रहरीलेउनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-११ बस्ने ३५ वर्षीय फिरोज राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले को.२८ प ९६४६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-घर भएका २६वर्षीय रेवन घर्ती मगर र रकुम पर्व भुमे गाउँपालिका-घर भएका २२ वर्षीय बिन्दास रोका मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २९ किलो ६ सय ९५ ग्रामसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कुम पर्व भुमे गाउँपालिका-२ खावाङ घर भएका ४४ वर्षीय फर्क बहादुर घर्ती, ५३ वर्षीयपधन घर्ती६४ वर्षीय जुन बहादुर पुन रहेका छन् । लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय नेपालगंज बाँके जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-बाट नियन्त्रित लागूऔषध डाजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल बुप्रनोर्फिन १० एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २६ वर्षीयललित चौधरी र सोही नगरपालिका-१३ बस्ने २५ वर्षीयबिदायक राई रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आँउदै गरेको प्र.१-०५००२ प १५२८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी दयपुर, कटारी नगरपालिका-बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ५ सय १० ट्याब्लेट स्पास्पेन २ हजार ४ सय ६० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका- घर भएका ३५ वर्षीय शम्भु कुमार साह महोत्तरी मनरा सिसुवा नगरपालिकाघर भएका ४० वर्षीय दिलिप भुजेल रहेका छन् । लाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ज.१३ प १६१० नम्बरको मोटरसाकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, रेन्द्रनगर गरपालिका-११ सुब्बाकुनाबाट नियन्त्रित लागूऔषध नाइट्रभेट १ सय ६० ट्याब्लेट ट्रमाडोल १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-लाटिकोइली बस्ने २३ वर्षीय भरत बि सोही नगरपालिका-१ बस्ने १९ वर्षीय संजय टमटा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएक प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउदै गरेको क.प्र ०२००१ ख ०८६६ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपलिका- बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्राम सहितपाँचथर फिदिम नगरपालिका-घर भएका २० वर्षीय पारस राजवंशीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदलआउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बस पार्कबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा लाम सर्योदय नगरपालिका-५ बस्ने २३ वर्षीय प्रशिष खड्का र झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ४० वर्षीय सुवास खवासरहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्ाउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ३० वर्षीय तोयनाथ वास्कोटा र सोही गाउँपालिका-२ पारागुपी बस्ने २२ र्षीय निस्चल खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट भद्रपुतर्फ आउँदै गरेको स.८ ९०११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

बाँके, बैजनाथ गाउँपलिका-३ नौबस्ताबाट अवैध लागूऔषध ब्राउसुगर स्तो देखिने पदार्थ १ ग्राम सय ६० मिलिग्राम र मोबाइल १ थान सहित कोहलपुर नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हजार सय ९०ट्याब्लेट, स्पासपेन सय ट्याब्लेट, मोबाइल थान नगद हजार सय ८०पैयाँ सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर लिम्बु, १९ वर्षीय निकेश लिम्बु, १९ वर्षीया रेजिना खत्री१९ वर्षीयर्य लिम्बु रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रेम बहादुरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-१ उचिडिहवा बस्ने ७६ वर्षीय किशोर मुराउलाई अवैध लागूऔषध गाँज सय ५०ग्राम सहित सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)